संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१ बाट तास खेल्दै गरेका वडा सदस्य सहित चार जना पक्राउ परेका छन् ।
प्रहरीले बिशेष सूचनाको आधारमा खाँदबारीको वान्समोर होटलमा तास खेलिरहेका वडा सदस्य सहित चार जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोश राईले जानकारी दिए ।
पक्राउ पर्नेमा चिचिला गाउँपालिका–३ का वडा सदस्य आशिस राई, मकालु गाउँपालिका–१ का लाक्पा शेर्पा, चैनपुर नगरपालिका–२ का मिङ्मा शेर्पा र होटल सञ्चालक सुनिल कुमार श्रेष्ठलाई नगद ४४ हजार दुई सय पाँच रुपैयाँ नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राईले बताए ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट जुवा मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । वान्समोरका होटल सञ्चालक श्रेष्ठ यस अघि पनि दुई पटक पक्राउ परिसकेको सूचना अधिकारी राईले बताए। प्रहरीले उनीहरुलाई साउन १४ गते पक्राउ गरेको जनाएको छ ।





