फुटबलमा नयाँ नियम, खोक्ने खेलाडी वा खेल पदाधिकारीलाई रातो कार्ड


२० श्रावण २०७७, मंगलवार १२:०४ मा प्रकाशित

काठमाडौं । फुटबलमा नयाँ नियम लागू भएको छ । अब नियतबस खोक्ने खेलाडी वा खेल पदाधिकारीले रातो कार्ड पाउने भएका छन् ।

इन्टरनेशनल फुटबल एसोशियसन बोर्डले नियतबस अन्य खेलाडी वा खेल पदाधिकारी तर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेको हो ।

कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो नयाँ नियम ल्याइएको हो । इन्टरनेशनल फुटबल एसोसिएशन बोर्डले त्यसरी खोक्नुलाई अपमानजनक वा अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने बताएको छ ।

रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकारी राख्ने पनि जनाइएको छ । यो नियम तत्काल लागू भएको बेलायतको फुटबल एसोशियसनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here