भारतसँगको सीमाक्षेत्र लद्दाखमा चीनको १७ हजार सैनिक तैनाथ


२० श्रावण २०७७, मंगलवार १३:०५ मा प्रकाशित

काठमाडौं । चीनले भारतसँगको सीमाक्षेत्र लद्दाखमा १७ हजार सैनिक तैनाथ गरेको छ ।

जमिनी र वायु युद्धमा लामो दुरीसम्म मार हान्नसक्ने अत्याधुनिक क्षेप्यास्त्र र ट्यांकसहित चीनले लद्दाखमा सैन्य उपस्थिती बढाएको हो ।

लद्दाखको गलवान उपत्यकामा असार १ राती भएको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो । दर्जनौं सैनिकलाई गम्भीर घाइते अवस्थामा अस्पताल ल्याएपनि त्यसयता सैनिक हताहति भए–नभएकोबारे भारतले थप जानकारी गोप्य राखेको छ।

चीनले भने अहिलेसम्म आफ्नोतर्फ भएको सैन्य हताहतिबारे कुनै जानकारी दिएको छैन। चिनियाँ सैनिकसँगको झडपमा आफ्नोतर्फ क्षति भएपछि भारतले चीनसँग वार्ता थालेको थियो । वार्तामा संलग्न भारतीय अधिकारीहरुले तत्कालका लागि सीमा विवाद हल गरेको जनाएपनि चीनले लद्दाखमा युद्धस्तरको तयारी गरिरहेको छ ।

भारतले पनि टी–९० ट्यांक खटाएको छ । बीबीसी हिन्दीका अनुसार गत आइतबार पनि भारत र चीनका सैनिक कमाण्डर बीच वार्ता भएको थियो, तर सीमा क्षेत्रमा तनाव झनै बढिरहेको छ । भारतीय अखबारहरुले नै लद्दाख सीमामा चीनले १७ हजार सैनिक परिचालन गरेको जनाएका छन् । देपसाङ र ओल्डीमा यी सैनिक खटाएको खबर सरकारी सुत्रहरुलाई उधृत गर्दै भारतीय मिडियाहरुले सार्वजनिक गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here