सुनको भाउ मंगलबार दुई सय रुपैयाँले बढ्यो, तोलामा ९९ हजार ८ सय निर्धारण


२० श्रावण २०७७, मंगलवार ११:४४ मा प्रकाशित

काठमाडौं । सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार कारोबारका लागि ९८ हजार ८ सय रुपैयाँ तोकिएको हो ।

आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि तोकिएको सुनको बजार भाउ हालसम्मै उच्च भएको पनि महासंघको भनाइ छ । महासंघले आजका लागि तेजाबी सुनको प्रतितोला कारोबार मूल्य भने ९९ हजार ३ सय ७५ रुपैयाँ तोकिको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ३० रुपैयाँ पुगेको छ ।

सुनको भाउ अन्तरािष्ट्रय बजार मूल्यमा निर्भर गर्ने भएकाले मूल्य वृद्धिमा स्थानीय बजारको भूमिका नहुने महासंघका अधिकारी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here