नेपाली नागरिक लिएर आयो एयर अरेबियाको जहाज


२३ जेष्ठ २०७७, शुक्रबार १९:३९ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संकटका कारण लकडाउन भएपछि रोकिएका १६८ जना नेपाली नागरिक यूएईबाट काठमाडौं आइपुगेका छन्।

यूएईमा अलपत्र उनीहरुलाई लिएर आएको एयर अरेबियाको विमान शुक्रबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सागर आचार्यले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here