काठमाडौं । ५ महिनादेखि फैलिएको महामारीबाट अहिलेसम्म २१३ मुलुक र २ पानीजहाजमा गरी ६० लाख २९ हजार ९५० जना संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख २२ हजार २४३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ८२५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार ८०२ पुगेको छ।
३० लाख १ हजार १३६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७२४ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार विहान ५ बजेसम्म १ लाख ७२ हजार ५३१ जनाको मृत्यु भएको छ ।
१९ लाख ८६ हजार ८९१ जना संक्रमित भएकोमा ९ लाख ६३ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २१ हजार ९३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख १० हजार ९१३ पुगेको छ । त्यसमध्ये ६ लाख ४६ हजार २५० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा २९ हजार ६६५ जनाको मृत्यु भएको छ । १० लाख ८० हजार ४३४ जना संक्रमित भएकोमा ६ लाख ५१ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ३८ हजार १५४ जनाको मृत्यु भएको छ । ७ लाख ९७ हजार ८६८ जना संक्रमित भएकोमा ३ लाख २७ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ३ हजार ९४५ जनाको ज्यान गएको छ भने १ लाख ३७ हजार ५४४ जना संक्रमित छन् । संक्रमितमध्ये ५८ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७८२ जना संक्रमित भएकोमा ८ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।





