जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी र बिरामी ८३ जनाको स्वाब संकलन


५ जेष्ठ २०७७, सोमबार २०:१४ मा प्रकाशित

धनकुटा । जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी र भर्ना भएका बिरामीको पिसिआर टेस्ट गर्नको लागि स्वाव संकलन गरिएको छ ।

अस्पतालमा कार्यरत ३४ वर्षीय महिला स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि सोमबार अस्पतालमा कार्यरत ८३ जना स्वास्थ्यकर्मी र भर्ना भएका बिरामीको पिसिआर टेस्ट गर्न स्वाब संकलन गरिएको हो । स्वाब संकलन गरेर प्रदेश प्रयोगशालामा पठाइएको र मंगलबार सम्म रिपोर्ट आइसक्ने जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेट डा. पुजन विश्वकर्माले बताए ।

धनकुटा अस्पताल आएका बिरामीबाटै संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ । संक्रमित स्वास्थ्य कर्मी फागुन यता अस्पताल बाट कतै गएकी छैनन् । कोही बिरामी उपचारका लागि अस्पताल आउँदा ती स्वास्थ्यकर्मीलाई संक्रमण सर्न सक्ने आशंका गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएकी महिला स्वास्थ्यकर्मीको छोराको रिपोर्ट नेगेटिभ आएको छ । प्रयोगशालामा गरिएको परिक्षणबाट आएको रिपोर्टमा नेगेटिभ देखिएको डा. विश्वकर्माले बताए । कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई सोमबार बिहान प्रदेश कोरोना अस्पताल विराटनगर लगिएको थियो । उनको स्वास्थ्य अहिले सामान्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here