झापा । झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कचनकवल गाउँपालिका –६ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार चार दिनअघि भारतबाट आएका व्यक्तिको पीसीआर परीक्षणका लागि विराटनगर पठाइएकोमा पोजेटिभ देखिएको हो । यसबारे स्वास्थ्य मन्त्रालयले घोषणा गर्न बाँकी छ ।
यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि झापाको दमक र बाह्रदशीमा एक/एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।





