तेह्रथुम र खोटाङमा ३ जनाको हत्या : हत्यामा संलग्न ३ जना पक्राउ


२६ बैशाख २०७७, शुक्रबार ११:३६ मा प्रकाशित

झापा । बिहिवार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या भएको छ ।

साँझ साँढे ६ बजेको समयमा तेह्रथुमको फेदाप गाउँपालिका ५ ईसिबु बस्ने २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुलाई धारिलो हतियार (बन्चरो)ले टाउको र ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

छोराको बन्चरो प्रहारबाट दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्यागरी फरार रहेका लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तैै खोटाङको केपिलासगढी गाउँपालिका २ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुङगा प्रहार गरी हत्या गरेका छन् ।

बिहिवार साँझ पौने ७ बजेको समयमा आफ्नै घर तर्फ जाँदै गरेको अबस्थामा बाटैमा रहेका मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न रहेका निजकै भाई २० बर्षीय जिवन राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here