कोरोना भाईरसबाट भारतमा एकैदिन १०३ जनाको मृत्यु


२६ बैशाख २०७७, शुक्रबार ११:२८ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा भारतमा एक हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here