कोरोना भाइरस संक्रमणको शंकामा खोटाङमा दोस्रो चरणको आरडिटी परीक्षण सुरु


२६ बैशाख २०७७, शुक्रबार ११:५० मा प्रकाशित

ओखलढुङ्गा । कोरोना भाइरस संक्रमणको शंकामा खोटाङमा ¥यापिड परीक्षण विधि (आरडिटी)बाट दोस्रो चरणको परीक्षण सुरु भएको छ।

पहिलो चरणमा विभिन्न देशबाट आएकारुको आरडिटी गरिएका थियो। दोस्रो चरणमा देशका विभिन्न स्थानबाट फर्कनेहरुको बुधबारदेखि आरटिडी परीक्षण सुरु गरिएको हो। जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ, साकेला र रावाबेँसी गाउँपालिकामा जिल्ला अस्पतालबाटै स्वास्थ्यकर्मी पठाएर आरडिटी टेष्ट गरिने बताइएको छ।

अन्य स्थानीय तहमा भने ल्याबमा काम गर्ने स्वास्थ्यकर्मी भएकाले किट पठाएर तिनै स्वास्थ्यकर्मीमार्फत परीक्षण गर्ने जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेश श्रेष्ठले बताए। प्रदेश सरकारबाट ३६० थान परीक्षण किट आएपछि स्थानीय सरकारले निर्माण गरेका सुरक्षित स्थान तथा आफ्नै घरमा सुरक्षित बसेका व्यक्तिहरुमा आरडिटी टेष्ट गरिनेछ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाबाट दोस्रो चरणको परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिए। यस्तै, जालपाको क्वारेन्टाइनमा राखिएका सबै २३ जनाको आरडिटी टेष्टको रिपोर्ट नेगेटिभ आएको छ।

चैत महिना यता विदेश तथा देशका विभिन्न स्थानाट घर फर्किका सर्वसाधरणलाई क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here