कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर मेसिन प्रयोगविहिन


१८ बैशाख २०७७, बिहीबार ११:२० मा प्रकाशित

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि जडान गरिएको पीसीआर मेसिन प्रयोगविहिन भएको छ ।

मेसिन जडान भए पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन नसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन ।

‘सरकारसँग किट माग गरिएको छ, आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ, किट आउने वित्तिकै परीक्षण प्रारम्भ हुनेछ’, निर्देशक रावलले भने ।

उनका अनुसार केन्द्र सरकारसँग ५०० किट माग गरिएको छ । तत्काल दुइ/तीन सय किट आए पनि परीक्षण अघि बढ्ने उनले जानकारी दिए । पीसीआर मेसिनबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । अहिले दुइ जना ल्यावका कर्मचारी सुर्खेतमा छन् ।

उनीहरु सुर्खेतको पीसीआर मेसिन चलाउन सिकिरहेका छन् । किट आउने वित्तिकै उनीहरु जुम्लामा आएर परीक्षणको काममा लाग्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here