६७ वर्षको उमेरमा ऋषि कपुरको निधन


१८ बैशाख २०७७, बिहीबार ११:०३ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ ।

क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको बीबीसीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनी उपचार गरेर भारत फर्किएका थिए ।

त्यस्तै भारतीय अभिनेता अमिताभ बच्चनले पनि कपुर नहरेको सामाजिक सञ्जालमा लेखेका छन्। क्यान्सरबाट पीडित उनलाई बुधबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियोे।

कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here