उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीयमा कोरोना पुष्टि


५ बैशाख २०७७, शुक्रबार १७:१९ मा प्रकाशित

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा आठजनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।

विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छु, स्रोतले बतायो, उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।

नेपालमा लकडाउन हुनुअघि नै आएर बसेका भनिएका उनीहरुको कोशी अञ्‍चल अस्पतालको ल्याबमा कोरोना परीक्षण गर्दा आठजनामा पोजेटिभ’ देखिएको हो।

र्‍यापिड टेस्ट गरिएका १६ मध्ये १० को शंका लागेर परीक्षण गर्दा ८ मा कोरोना पोजेटिभ देखाएपछि थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रदेश १ स्थित सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ। उनीहरुको बिहीबार गरिएको परीक्षणमा आठमा ‘पोजेटिभ’देखिएपछि स्वाब पुनःपरीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको हो।

जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेकाले यसको रिपोर्ट भोलिसम्म आउने बताइएको छ। उनीहरुको स्वाब बिहीबार राति नै सामाजिक विकास मन्त्रालयले गाडीमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो। टेकुमा पुनः परीक्षणपछि भोलि बिहानसम्ममा उनीहरुको रिपोर्ट सार्वजनिक गरिने बताइएको छ। विराटनगरबाट यी आठसहित अन्य शंकास्पद १० जनाको पनि स्वाब टेकुमा ल्याइएको छ।

वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा समेत अनुगमन गरेर स्वाब संकलन गरिएको थियो। उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीसहितले अनुगमन गरेपछि उनीहरुको स्वाब लिइएको थियो। मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेका प्रजिअ पहाडीले बताए। लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै स्थानीय बासिन्दाले प्रशासनलाई खबर गरेका थिए।

भुल्केको मस्जिदमा रहेका १६ जनाको स्वाब सुरक्षाकर्मीसहित पुगेर स्वास्थ्यकर्मीले लिएका थिए। भुल्के मस्जिदमा रहेका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएका प्रारम्भिक सोधपुछमा खुलेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। भुल्के मस्जिदमा भरहेका भारतीय सप्तरीको वोदेबर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ भएको नेपाल इज्तिमा सहभागी हुन आएको अनुमान गरिएको छ। स्वाब सकलनसँगै तिनीहरुको ट्राभल हिस्ट्री समेत खोजिने पहाडीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here