काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ९ को पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा २ सय ९८ जनाको र्यापिट डाइग्रोष्टि टेष्ट (आरडीटी) बाट गरिएको कोरोना परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ ।
नगरपालिकाका मेयर कृष्णहरी थापाका अनुसार अपार्टमेन्टको ए ब्लगमा बस्ने २ सय ४२ र ५६ जना कार्मचारी सहित २ सय ९८ जनाको ¥यापिट टेष्टको नजिता नेगेटिभ आएको हो ।
सोही अपार्टमेन्टमा बस्ने एकै परीवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले आजदेखि अपार्टमेन्टमा रहेका व्यक्तिहरुको आरडीटी विधिबाट कोरोना परीक्षण शुरु गरेको हो ।
नगरपालिकाका प्रमुख थापाका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकको टोलीले विहान ९ बजेदेखि अपार्टमेन्टको ए ब्लकका व्यक्तिहरु र कामदारहरुको कोरोना परीक्षण गरेका थिए ।
अपार्टमेन्टमा रहेका सबै व्यक्तिको आरडीटी परीक्षण गरिने नगरपालिकाका प्रमुख थापाले जानकारी दिए ।





