खोटाङको चार स्थानीय तहमा पहिलो चरणको र्यापिड टेस्ट आजबाट सुरु


३ बैशाख २०७७, बुधबार ११:३७ मा प्रकाशित

खोटाङ । खोटाङको चार स्थानीय तहमा पहिलो चरणको ¥यापिड टेस्ट आजबाट सुरु हुने भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका जन्तेढुंगा, बराहपोखरी, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ¥यापिड डाइग्नोस्टिक टेस्ट सुरु हुने भएको हो ।

प्रदेश नम्बर १ को समाजिक विकास मन्त्रालयल मार्फत जिल्लाका लागि १ सय २० वटा ¥यापिड डाइग्नोस्टिक टेस्टको किट उपलब्ध भएसँगै चार स्थानीय तहमा टेष्ट सुरु गर्न लागिएको जनाइएको छ ।

दोश्रो चरणमा वैशाख ७ गते ऐसेलुखर्क, केपिलासगढी गाउँपालिका, वैशाख ८ गते हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र अन्तमा वैशाख ९ गते साकेला गाउँपालिकामा टेष्ट गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here