चितवन माडीमा सशस्त्र प्रहरीको कडाई, भारतबाट नेपाल आउन रोक


३० चैत्र २०७६, आईतवार १८:३९ मा प्रकाशित

चितवन । भारतमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएपछि सशस्त्र प्रहरी बल गढीमाई बाहिनीपति (डिआईजी) कृष्ण भक्त ब्रम्हचार्यले भारतबाट कसैलाई पनि नेपाल प्रवेश गर्न नदिन निर्देशन दिएका छन् ।

केहि दिन अगाडीसम्म भारतबाट हिंडेर नेपाल प्रवेश गरेको सूचनाको आधारमा बागमती प्रदेश अन्तर्गतको भारतको सिमा नाकामा पर्ने माडी नगरपालिकास्थित सोमेश्वरगढी ४५ नम्बर पिलरसम्म आज (आइतबार) पुगेका उनले शसस्त्र प्रहरी १७ नम्बर गण चितवनका गणपति एसपी खेम थापालाई सुरक्षा व्यवस्था कडा पार्न र अनुचित प्रवेशलाई रोक्न निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय मकवानपुर अन्तर्गत कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले प्रदेश अन्तर्गत पर्ने सबै सीमा नाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको र देश भर लकडाउनको अवस्थामा भारतबाट प्रवेश गर्नेमा उच्च जोखिम देखिएको भन्दै सीमामा थप सुरक्षा फौज तैनाथ गरी कडाई गरीने समेत उनको भनाई छ ।

गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिए पछि प्रहरीले सीमामा थप कडाई गरेको हो ।

केहि दिन अगाडी मात्र भारतदेखि सोमेश्वर क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गरेका ३ जनालाई पक्राउ गरी माडी नगरपालिकाको सहकार्यमा क्वारेन्टाइनमा राखीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here