ढुंगाले लागेर पाँचथरमा एक कामदारको मृत्यु


३० चैत्र २०७६, आईतवार १५:१७ मा प्रकाशित

पाँचथर । ढुंगाले लागेर पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ५ का एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक ३५ वर्षिय नरथपल अहमद रहेका छन् । गएराती सुतिरहेका बेला ढुंगा झेरेर लाग्दा अहमदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सँगै रहेका उनका एक साथी भने सामान्य घाईते भएका छन् ।

अहमद एसएस. कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको नाँखाखोला पुलको काम गर्दे आएको कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र कुरुम्बाङले बताउए । दश जना क्याम्पमा बसेकामा उनलाई ढुंगाले टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here