संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस


२४ चैत्र २०७६, सोमबार १७:०३ मा प्रकाशित

काठमाडौं । सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण प्रतिनिधिसभा बैठक चैत ७ गते यता बस्न सकेको छैन । १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो ।

तर त्यस अघिनै सरकारले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here