झापा । पाठेघरमा भएको क्यानसरका कारण हाल भक्तपुर क्यानसर अस्पतालमा उपचाररत वेदी भूजेल ‘कुमारी’ को सहयोगको लागि बचाउ अभियान सञ्चालन गरिने भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनवारी निवासी ४० वर्षीया वेदी भूजेल ‘कुमारी’को सहयोगको लागि बचाउ अभियान सञ्चालन गरिने भएको हो । गत पुस २२ गते डम्बरकुमारी अधिकारी ‘इन्दिरा’ को संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिको पहलमा सो अभियान सञ्चालन गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । उनको हाल भरतपुर क्यानसर अस्पतालमा उपचार भईरहेको छ ।
सामान्य आर्थीक अवस्थाकी भूजेलको उपचारमा हालसम्म १० लाख खर्च भइसकेको र थप उपचारको लागि अनुमानित १५–२० लाख लाग्ने समितिकी संयोजक अधिकारीले जानकारी दिइन् । अभियान अन्र्तगत हालसम्म २८ हजार संकलन भएको र आवश्यक सहयोगको लागि समितिले सम्बन्धित निकाय, विभिन्न संघ–संस्था र दाताहरुसँग समन्वय गर्ने सचिव मगरले जानकारी दिए ।

कार्यक्रमका सहभागी अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनाल र नगर कार्यपालिका सदस्य खीनमान दासले वेदी भूजेलको सहयोगको लागि नगरपालिकामा छलफल गर्ने, आवश्यक सिफारिससँगै माथिल्लोस्तरका सम्बन्धित निकायसँग समन्वय गर्न पहल गर्ने संयुक्तरुपमा प्रतिबद्धता व्यक्त गरेका छन् ।





