उत्खननको विरोध गर्ने महतोलाई ठक्कर दिने टिपरका चालक पक्राउ


२५ पुष २०७६, शुक्रबार १८:०५ मा प्रकाशित

धनुषा । अवैध उत्खननको विरोध गर्दै आएका जनकपुरका युवा दिलीपकुमार महतोलाई किचेर मार्ने टिपरका चालक पक्राउ परेका छन् ।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान साथीसँग मर्निङ वाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो । दिलीपको मृत्यु दुर्घटना नभई हत्या भएको भन्दै परिवारका सदस्य र स्थानीयले विरोध गरेका थिए । दिलीपको पहिला हत्या गरी त्यसपछि उनको शरीरमा टिपर चढाइएको आफन्त र स्थानीयले आरोप लगाउँदै आएका छन् ।

दिलीपलाई किचेर मारे लगत्तै फरार रहँदै आएका ना ७ ख ६४१३ नम्बरको टिपरका चालक मुनिन्द्र महतोलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनलाई ढल्केबर नजिकबाट पक्राउ गरि अनुसन्धान प्रकृया अगाडि बढाएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here