मुक्तिचोक नजिकै मोटरसाइकल दुर्घटना, ६० वर्षीया वृद्धा घाइते


२५ पुष २०७६, शुक्रबार १८:५५ मा प्रकाशित

झापा । झापाको बिर्तामोड स्थित मुक्तिचोक नजिकै हिकोला मोडमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

मे ७ प २२०१ नम्बरको मोटरसाइकलले साइकल यात्री अन्दाजी ६० वर्षीया एक वृद्धालाई ठक्कर दिँदा घाइते बनेको प्रहरीले जनाएको छ । घाइते वृद्धाले मादक प्रदार्थ सेवन गरेको र पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ ।

घाइते वृद्धाको बिर्तामोड स्थित बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here