सत्तारुढ नेकपाको सचिवालय बैठक शुरु


१३ पुष २०७६, आईतवार ११:२२ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय र सभामुखका प्रस्तावित उम्मेदवारहरुबारे छलफल भइरहेको छ । साथै अमेरिकी सहायताको मिलेनियम च्यालेञ्ज कर्पोरेशन्स (एमसीसी) सहायताबारे पनि विमर्श भइरहेको छ ।

अघिल्लो साता बसेको नेकपाको स्थायी समिति बैठकले एमसीसीबारे छलफल गर्ने अधिकार पार्टी सचिवालयलाई सुम्पेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here