अमेरिका भागेका प्रहरी अधिकृत सिलवाल पक्राउ


५ पुष २०७६, शनिबार ११:२१ मा प्रकाशित

काठमाडौं । तालिममा सहभागी हुन गएर अमेरिकाबाट नेपाल नफर्किएका एक प्रहरी अधिकृत पक्राउ परेका छन् ।

भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उतै लुकेका शसस्त्र प्रहरीका नायव निरीक्षक (सई) उमेश सिलवाल पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलको टोलीले लतिलपुरबाट पक्राउ गरेको हो । उनी २० चैत २०६७ देखि संगठनलाई जानकारी नदिई भागेका थिए ।

भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उनी उतै लुकेको पत्ता लागेपछि सशस्त्र प्रहरी विशेष अदालतले गत वर्ष भदौमा भगौडा मुद्दामा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाएको थियो ।

सोही फैसला कार्यान्वायनको क्रममा उनलाई पक्राउ गरी महान्यायधिवक्ता कार्यालयमार्फत कारागार चलान गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here