रोल्पाको थवाङमा नेपाली कम्युनिष्ट पार्टी विजयी


१४ मंसिर २०७६, शनिबार २३:१३ मा प्रकाशित

रोल्पा । रोल्पाको थवाङमा नेपाली कम्युनिष्ट पार्टी {नेकपा} विजयी भएको छ ।

थवाङ-१ मा भएको उपनिर्वाचनमा नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०८ मत खसेकोमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गरेपछि कुल १२ सय ८८ मत मध्ये २०८ मत खसेको थियो । सो वडामा दुई मतदान केन्द्रमा १ सय १२ जना महिला र ९७ जना पुरुष मतदाताले मतदान गरेका हुन् ।

बिहान ७ बजेदेखि मतदान सुरु भई साँझ ५ बजे मतदान सम्माप्तिको अवधिसम्म जम्मा १६ दशमलव १ प्रतिशत मात्र मतदानमा सहभागी भएको मतदान अधिकृत ऋषिराम सुवेदीले जानकारी दिए । दिउँसो केही मतदाताले मतदान गरे पनि त्यसपछि भने मतदानको अवस्था शुन्यजस्तै रह्यो । मतदाता मतदान गर्न नआएपछि सुरक्षाकर्मीले स्कटिङ गरेको भन्दै स्थानीयले ढुंगामुढासमेत गरेपछि केही बेर तनाव भएको थियो । स्वतन्त्र निर्वाचीत वडाध्यक्ष फर्कबहादुर बुढाको मस्तिस्कघातका कारण निधन भएपछि उपनिर्वाचन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here