कंगनाले खुलाइन् रिसाउनुको कारण, यस्तो रहेछ !


१४ मंसिर २०७६, शनिबार २०:३२ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत आजभोलि फिल्म ‘थलाइवी’ को शूटिङमा व्यस्त छिन् ।

जुन फिल्म पूर्व मुख्यमन्त्री जय ललिताको जीवनीमा आधारित छ । फिल्मको प्रोमो केही समयअघि देखाइएको थियो । दर्शकले यसलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । कंगना सामाजिक सञ्जालमा छैनिन् । उनको टिमले सामाजिक सञ्जालमा चलाउने गर्छ । तर कंगनाले खुलासा गरेकी छिन् कि, उनले फेक खाता चलाउने गर्छिन् । उनका अनुसार उनले फेक एकाउन्टबाट कसैलाई फलो गर्दिनन् । तर, समय हुँदा दिनमा ८ घण्टासम्म पनि सामाजिक सञ्जाल चलाउँछिन् ।

साथै कंगनाले अर्को एक आदतका बारेमा पनि खुलासा गरेकी छिन् । कंगनाको प्रायः मिडियासँग झगडा हुन्छ । यसअघि त एक फिल्मको प्रदर्शनअघि पत्रकारले कंगनालाई बहिष्कार नै गरेका थिए । कंगनाले भने टिमको अझ राम्रो होस् भनेर आफू रिसाउने गरेको बताएकी छिन् । उनले भनिन्, ‘जब मैले घर छोडेँ, यसका लागि थिएन कि, मैले आमाबुबालाई चोट पुर्‍याउन सकुँ, मसँग एक भिजन थियो, योजना थियो ।’

उनी आफू सधै तल गिर्दै जाने कामको विरुद्धमा रहेको र यसले कसैको वृत्तिमा पनि विकास नहुने बताइन् । बलिउडमा कंगनालाई खरो बोल्ने अभिनेत्रीका रुपमा लिने गरिन्छ । पछिल्लो समय उनको अभिनय रहेको फिल्म ‘जजमेन्टल है क्या’ प्रदर्शनमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here