कंचनपुर : नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी


१४ मंसिर २०७६, शनिबार २३:२६ मा प्रकाशित

कञ्चनपुर । कंचनपुरको पुनर्वास नगरपालिका-३ मा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन् । यस्तै समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन् । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो । जसमा ४ मत बदर भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७७.०६४ प्रतिशत मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार कुल मत एक हजार एक सय ९९ मध्ये नौसय २४ मत खसेको हो । अधिकृत बास्तोलाका अनुसार मतदानमा पुरुष मतदाता तीनसय ९० र महिला मतदाता पाँचसय ३४ जनाले मतदान गरेका छन् । बिहान ७ बजेर २७ मिनेट जाँदा शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

विसं २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here