उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ: निर्वाचन आयोग


११ मंसिर २०७६, बुधबार १६:४४ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बुधबार आयोगले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनका लागि आयोगबाट आवश्यक तयारी पूरा भएको जनाएको हो । बुधबार रातीबाट मौन अवधी सुरु हुने भन्दै आयोगले मौन अवधीमा मतदातालाई आश्वासन, प्रलोभन, डर, धाक दिएर आतैंकित नपार्न पनि आग्रह गरेको छ । आयोगले मतदातालाई उपनिर्वाचन उत्सवको उल्लासमय अवसरको रुपमा लिई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान समेत गरेको छ । पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मौन अवधीभर सञ्चार माध्यम तथा सोसल मिडियाबाट मत माग्न तथा निर्वाचनको प्रचार गर्न निषेध गरिएको बताए । उनले चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरिनु आचारसंहिता विपरित रहेको भन्दै हेलिकप्टर चढेर चुनाव प्रचारप्रसारका लागि गएको बिषयमा आयोगलाई जानकारी नभएको बताए ।

यस्तै उनले निर्वाचनसम्बन्धी विभिन्न १५ वटा उजुरी आयोगमा परेको जानकारी गराउँदै यसबारे छानबिन भइरहेको जानकारी दिए । यहि मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानी तहका गरी रिक्त ५२ पदमा उपनिर्वाचन हँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here