प्रचण्ड र वामदेव बोल्नु अघि चुनावी सभा पोखरामा बम बिस्फोट


११ मंसिर २०७६, बुधबार १३:४५ मा प्रकाशित

पोखरा । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

बुधवार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनीकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको हो । उक्त सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि पुगेका छन् । विस्फोट भएको भएपनि नेकपाको कार्यक्रम भने रोकिएको छैन । विस्फोटमा परि पार्किङ गरि राखिएको बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

मंसिर ९ गते सोमबार अस्ति पनि पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको थियो । मंसिर १४ गते कास्की क्षेत्र नम्बर दुईमा उपचुनाव हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here