सागमा भारतको दबदबालाई तोड्नेमा प्रशिक्षक हरि खड्का विश्वस्त


१० मंसिर २०७६, मंगलवार १४:३५ मा प्रकाशित

काठमाडौं । नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले यसपटकको सागमा भारतको दबदबालाई तोड्नेमा विश्वस्त रहेको बताएका छन् ।

सागमा साविक उपविजेता रहेको नेपाली महिला फुटबल टिमले साफ च्याम्पियनसिपमा पनि भारतसँग नै पराजित भएको थियो । तर यसपटक टिमले राम्रो तयारी गरेकाकारण भारतसँग यसअघि जहिले हार्दै आएपनि यसपटक पूर्णविराम लगाएर स्वर्ण जित्ने प्रशिक्षक खड्काको भनाइ छ । जसका लागि नेपाली टिम तयार रहेको बताए । उनले यसपटक टिमले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नपाएपनि पोखरामा नै रहेका पूर्व खेलाडी क्लब र साहारा क्लबका खेलाडीसँग मैत्रीपूर्ण खेल खेलेका थिए । टिममा जुन सानो गल्तीले गोल खाने चलन नेपालमा थियो, त्यसलाई न्यूनीकरण गरेको प्रशिक्षक खड्काको छ ।

यस्तै कप्तान निरु थापाले पनि यसपटक टिमले राम्रो तयारी गरेको र टिमवर्क राम्रो गरेर नेपाललाई स्वर्ण जिताउने बताइन् । नेपाल सागमा तीन पटक फाइनलमा पुगे पनि पराजित हुँदै आएको छ । यसपटक टिमका हरेक खेलाडीको मनमा भारतसँग बदला लिएर स्वर्ण जित्ने नै रहेको छ । सागका लागि महिला फुटबल टिमले कीर्गिस्तानमा प्रतियोगिता खेलेको थियो । यो प्रतियोगितामा अनुभवका लागि खेलेको भए पनि फाइनलमा पुगेको थियो । तर फाइनलमा टिम पराजित भएको थियो ।

त्यसपछि महिला फुटबल टिम पोखरामा प्रशिक्षण गरिरहेको छ । तर पोखरा मैदान निर्माणधीन रहेकाले खेलाडीले प्रतियोगिता खेल्ने मैदानमा भने खेल्न पाएका छैनन् । यसका साथै एन्फाले पनि टिमका लागि केही अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने योजना बनाए पनि सफल भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here