आलमको थुनछेक बहस न्यायाधीश ढकालको इजलासमा, ५० जना वकिलले बहस गर्ने


१९ कार्तिक २०७६, मंगलवार १२:२७ मा प्रकाशित

रौतहट । बम विस्फोटमा घाइते तेइसजनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा दर्ता गरिएका कांग्रेस नेता मोहम्म आफताव आलमको थुनछेक बहस मंगलबारदेखि सुरु हुँदैछ ।

पूर्वमन्त्री आलमको केसमा बादी र प्रतिबादी दुवैतर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन् । आलमको थुनछेक बहस जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा हुने भएको छ । आलमको तर्फबाट मात्रै करिब २७ जनाले वकालतनामा लिएका छन् । सरकारी वकिलको तर्फबाट पनि उतिकै संख्याका वकिलले बहस गर्ने भएका छन् । सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियुक्त आलमसहित १० जनाविरुद्ध सोमबार जन्मकैदको मागसहित मुद्दा दर्ता गरेको छ । आलमको बयान सकिएपछि सम्भवत मंगलबार नै बहस शुरु गर्ने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिए ।

न्यायशधीशले मिसिल अध्ययन गरेपछि आलमको बयान हुने हुदा बहसमा ढिलाइ हुन सक्ने न्यायधीवक्ता कटुवालले बताए । बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सह–न्यायधीवक्ता राम प्रसाद पन्थी, महान्याधीवक्ताको कार्यालय काठमाडौंबाट आएका सूर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्याधिवक्ता रुद्र पन्थी र आफैले बहस गर्ने कटुवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here