नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीको गाडी दुर्घटना


१९ कार्तिक २०७६, मंगलवार ११:१० मा प्रकाशित

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीको गाडी दुर्घटना भएको छ । नेकपाकी सचेतक समेत रहनु भएकी चौधरीलाई दाङको घोराही छोडेर लमही तर्फ फर्किदैँ गर्दा बा २ झ २८७१ नम्बरको स्कारपियो दुर्घटनामा परको हो ।

गाडी दुर्घटना भए पनि गाडीमा चौधरी थिइनन् । गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ । गुडीरहेको गाडी अगाडी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी खोलामा पुगेको चालक रतन चौधरी बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here