इंग्लिस क्लब कार्डिफ सिटी प्रतिबन्धमा पर्न सक्ने


१९ कार्तिक २०७६, मंगलवार १०:५६ मा प्रकाशित

काठमाडौं । विमान दुर्घटनामा निधन भएका फरवार्ड इमिलियानो सालाको सरुवा हुँदाको रकम नतिरे इंग्लिस क्लब कार्डिफ सिटीले प्रतिबन्ध भोग्नु पर्ने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कार्डिफले फ्रेन्च क्लब नान्टेसलाई पहिलो किस्ताको रकम नबुझाए ३ विन्डो ट्रान्सफरको प्रतिबन्ध लगाउने जनाएको छ । कार्डिफले सालालाई १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । जस अनुसार कार्डिफले नान्टेसलाई पहिलो किस्ता स्वरूप ६ मिलियन पाउण्ड तिर्नु पर्ने छ । नान्टेसले कार्डिफलाई आफ्नो बैंक खाता उपलब्ध गराएको ४५ दिन भित्र उक्त रकम नतिरे कार्डिफलाई प्रतिबन्ध लाग्ने छ ।

अर्जेन्टिनाका स्ट्राइकर सालालाई नान्टेसबाट कार्डिफले महँगो मुल्यमा अनुबन्ध गरेको थियो । तर, फ्रान्सबाट कार्डिफतर्फ जाँदै गर्दा गत जनवरी २१ मा विमान दुर्घटना परेर सालाको निधन भएको थियो । साला चढेको विमान समुन्द्रमुनि दुर्घटना ग्रस्त अवस्थामा च्यानल आइसल्याण्डमा दुई सातापछि भेटिएको थियो । सालाको निधन भएपछि नान्टेसले उनले पाउने रकम पाउनु पर्ने दाबी गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here