आलमलाई जन्मकैदको मागदाबीसहित मुद्दा दर्ता गरिँदै


१८ कार्तिक २०७६, सोमबार ११:१५ मा प्रकाशित

रौतहट । बम विस्फोटमा परि घाइते भएकालाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका सांसद मोहम्द अफताव आलम विरुद्ध आज मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान पूरा गरि प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । प्रतिवदनको अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ताको तयारी गरेको छ । आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजाय मागदाबी प्रहरीले गरेको छ । घटना भएको १२ वर्षपछि २६ गते प्रहरीले आलमलाई रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here