मन्त्रिपरिषदको आकस्मिक बैठक साढे ६ बजे सम्मलाई सर्‍यो


१७ कार्तिक २०७६, आईतवार १७:०४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक डेढ घण्टाका लागि सरेको छ ।

यसअघि साँझ ५ बजे बस्ने भनिएको बैठक साँझ ६ बजेर ३० मिनेटका लागि सारिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ । यसअघि नियमित बैठक बिहान ११ बजे बसेर करिब डेढ घण्टामा टुंगिएको थियो । नियमित बैठक सकिएपछि फर्किएका मन्त्रीहरुलाई पुनः साँझ ५ बजे अर्को बैठक बस्ने भनेर बालुवाटार बोलाइएको थियो ।

तर, पुनः साँझ साढे ६ बजेका लागि बैठक सारिएको भनेर सूचना आएको एक मन्त्रीले खबरहबलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here