महारामाथिको थुनछेक बहस लम्बियो, आज पनि हिरासतमै रहने


१७ कार्तिक २०७६, आईतवार १६:४२ मा प्रकाशित

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महारामाथिको थुनछेक बहस लम्बिएपछि आज पनि उनी हिरासतमै रहने भएका छन् ।

जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दामा महरामाथिको थुनछेक बहस आइतबार (आज) बाट सुरु भएको हो । आइतबार बहस नसकिएपछि महराको मुद्दालाई हेर्दाहेदैमा राखिएको छ । बाँकी बहस सोमबार (भोलि) पनि जारी रहने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वसभामुख महाराको पक्षबाट आइतबार दुई जना वकिल लवप्रसाद मैनाली र भोजराज आचार्यले मात्र बहस गर्न भ्याएका छन् । त्यसअघि सरकारी वकिलको कार्यालयकोतर्फबाट सिर्जना ढकाल, उमाकान्त पौडेल, चन्द्रकान्त खनाललगायतले बहस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here