काठमाडौं । खोटाङको सदरमुकाम दिक्तेलबाट मोरङको विराटनगर जाँदै गरेको बस दुर्घटना भएको छ ।
को १ ख ६३२० नम्बरको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल खोटाङ लगिँदै गरेको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।





