जुवाको खालबाट ७३ हजार रुपैयाँसहित आठजना पक्राउ


१३ कार्तिक २०७६, बुधबार १०:५८ मा प्रकाशित

सिरहा । सिरहा नगरपालिका–१५ को माडरबाट जुवा–तास खेलिरहेको अवस्थामा ७३ हजार ६ सय ५ र एक हजार २ सय रुपैयाँ भारतीय मुद्राहसहित आठ जना पक्राउ परेका छन् ।

सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार पक्राउ परेका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ का २६ वर्षीय नुर खान, ३८ वर्षीय मोहम्मद रफिक, २५ वर्षीय जावेद खान, वडा नम्बर १५ का ४७ वर्षीय श्यामकुमार यादव, २९ वर्षीय रञ्जित यादव, २८ वर्षीय दिनेश यादव, ३५ वर्षीय संजिवकुमार महतो र गोलबजार नगरपालिका ८ का ३३ वर्षीय सिकेन्द्र साफी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here