नेवार समुदायको किजा पूजा आज


१३ कार्तिक २०७६, बुधबार १०:३० मा प्रकाशित

काठमाडौं । नेवार समुदायले आज भाइटीका (किजा पूजा) लगाउँदैछन् । भाइटीकाको दिन म्हः पूजा गर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय थियो । सोही अनुसार कतिपयले हिजो नै म्हः पूजा गरेका छन् ।

तर, भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने प्रचलनअनुसार केहीले ११ कात्तिक (सोमबार) नै म्हः पूजा गरेका थिए । नेपाल सम्बत्को नयाँ वर्ष हिजो भएकाले नेवार समुदायले आज किजा पूजा गर्न लागेका हुन् । किजा पूजाको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । दाजुभाइ दिदीबहीनीले एकअर्काको दीर्घायूको कामना गर्दै टीका लगाइदिन्छन् । सँगै सगुन र उपहार दिने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here