कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले जुवा खालबाट वडाध्यक्ष, सरकारी कर्मचारी सहित सात जनालाई पक्राउ गरेको छ ।
मङ्गलबार राति धनगढी उप महानगरपालिका–३ बाट बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उप प्रबन्धक नरबहादुर ऐर, खाद्य संस्थानका एक जना कर्मचारी सहित सात जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले ८८ हजार ४०५ नगद रुपैयाँ र तीन गड्डी तास बरामद गरेको जनाएको छ ।
वडाध्यक्ष, सरकारी कर्मचारी सहित धनगढी उप–महानगरपालिका–३ का ४३ वर्षीय हरि सिंह बोहरा, वडा नम्बर ३ का ३७ वर्षीय गणेश बहादुर साउद, ४३ वर्षीय तारा चन्द, ३३ वर्षीय प्रकाश भाट र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का ४८ वर्षीय गिरीराज पाण्डेय रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।





