खोटाङ । अवैध रुपमा लगाएको गाँजा प्रहरीले नष्ट गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले खोपबारीका स्थानीयहरुले लगाएको गाँजा नष्ट गरिएको हो ।

सोमबार ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलिले दुई सय ५० बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । प्रहरीले यसअघि सोही नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, वडहरे, महादेवस्थान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल र खाल्लेमा अवैध रुपमा लगाएको गाँजा नष्ट गरेको थियो ।





