सीको नेपाल भ्रमणः नेपाल–चीन सुपुर्दर्गी सन्धीमा हस्ताक्षर नहुने


२३ आश्विन २०७६, बिहीबार १६:३२ मा प्रकाशित

काठमाडौं । नेपाल र चीनबीच सुपुर्दर्गी सन्धीमा हस्ताक्षर नहुने भएको छ ।

आगामी शनिबारदेखि आइतबारसम्म चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणका क्रममा उक्त सन्धीमा हस्ताक्षर हुने भनिएको थियो तर तयारी पूरा नभएकाले उक्त सन्धीमा हस्ताक्षर नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र विदेश विज्ञहरूसँग बालुवाटारमा गरेको छलफलका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सुपुर्दर्गी सन्धीमा हस्ताक्षर नहुने जानकारी दिएको बताइएको छ ।

मन्त्री ज्ञवालीले उक्त विषयमा दुवै देशका अधिकारीबीच छलफल जारी रहेकाले तत्काल हस्ताक्षर नहुने बताएका थिए । बैठकमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतले नेपालले चीनसँग सुपुर्दर्गी सन्धी गर्न नहुने सुझाव दिएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार चीनसँगको सुपुर्दर्गी सन्धी संवेदनशील भएकाले हतारमा त्यसमा हस्ताक्षर गर्न नहुने देउवा र भट्टराईले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here