भीमदत्तनगर । कन्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् ।
स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । ‘महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’–इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने–‘घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’
उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनैखाले जाहेरी नआएको बताए । ‘अहिलेसम्म मुद्दा दर्ता भएको छैन’–चन्दले भने–‘घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौं ।’





