प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख महरा अस्पताल भर्ना


२३ आश्विन २०७६, बिहीबार १६:०२ मा प्रकाशित

काठमाडौं । हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ ।

सोमबारदेखि हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । अक्सिजनको पनि व्यवस्था गरिएको थियो । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएको प्रहरी स्रोतले जनाएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो । उनलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here