चितवन । चितवन मेडिकल कलेजले दशैंको तीन दिन जिल्लाका अन्य निजी अस्पताल र सरकारी अस्पतालको समेत सेवा बन्द रहने अवस्थामा आफूहरुले भने दशैंको पाँचै दिन सेवा पूर्ववत रूपमा सञ्चालन गर्ने भएको छ ।
कलेजले विज्ञप्ती जारी गर्दै चितवन र यस आसपासका जिल्लाका जनताहरुलाई कुनै प्रकारको असुविधा नहोस् भनेर सेवा दिने जनाएको हो । दशैंमा हुन सक्ने सम्भावित दुर्घटना, आकस्मिक घटना वा अन्य कुनै कारणले गर्दा हुनसक्ने शारीरिक समस्यालाई दृष्टिगत गरी कलेजले सेवालाई निरन्तरता दिने बताइएको छ । अघिल्ला वर्षहरुमा पनि चितवन मेडिकल कलेजले सेवालाई बन्द नगरी यथावत सञ्चालन गर्दै आएको थियो ।





