एनआरएनए सचिवमा बेल्जियमका बरुवालको उम्मेदवारी घोषणा


१४ आश्विन २०७६, मंगलवार १७:२४ मा प्रकाशित

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवमा शिवकुमार बरुवालले उम्मेदवारी घोषणा गरेका छन् ।

युरोप क्षेत्रका वर्तमान संयोजक समेत रहेका बरुवालले ११ बुँदे प्रतिबद्धताहरुसहित सचिवपदमा उम्मेदवारी दिने भएका हुन् । दुई सातापछि काठमाडौंमा हुने संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए अभियानलाई सफल र सार्थक निस्कर्षमा पुर्‍याउन आँफूले उम्मेदवारी दिने बरुवालले बताएका छन् । एनआरएनए संजाललाई थप देशहरुमा बिस्तारगर्दै पञ्जीकृत सदस्यता लिने प्रक्रियालाई सहज बनाउने,वैदेशिक रोजगारीलाई जोखिम मुक्त र थप मर्यादित बनाउने, रेमिटेन्सलाई उत्पादन मुलक ठाउमा लगानी गर्ने बाताबरण बनाउन पहल गर्ने प्रतिवद्वताहरु उनले प्राथमकितामा राखेका छन् ।

एनआरएन सचिवालयलाई थप ब्यवस्थित गर्ने, एनआरएनहरुको सूचना केन्द्रको रुपमा विकास गर्ने,नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार, सामुहिक लगानी, एनआरएनए नागरिकता, भिजन २०२० एन्ड बियोण्डको कार्यान्वयन लगायतका विषयहरुलाई पनि बरुवालले जोड दिएका छन् । आफ्नो उम्मेदवारीबारे थप प्रष्ट पार्दै भने, ‘२८ वटा एनसीसी रहेको युरोप एनआरएनएको सबैभन्दा ठूलो क्षेत्र हो । युरोप संयोजकको रुपमा जिम्मेबारी निर्बाह गरेपछि सचिव पदकालागि मेरो स्वभाबिक उम्मेदवारी हो । पूर्व अध्यक्षहरु लगायत अग्रजहरुको सुझाव समर्थन र साथ पाएर नै मैले अघि बढ्ने निर्णय गरेको हुँ।’ बरुवाल बेल्जियमनिबासी सफल व्यवसायीसमेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here