पेस्तोलसहित नागढुंगाबाट दुई जना पक्राउ


१४ आश्विन २०७६, मंगलवार १६:५३ मा प्रकाशित

काठमाडौं । प्रहरीले कटुवा पेस्तोलसहित काठमाडौंको नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगलबार चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको धरानका २४ वर्षीय शैलेस तामाङ र दाङ घाराहीका २० वर्षीय उज्वल गिरी रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ९९८८ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको प्रहरीले जनाएको छ । मनगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here