काठमाडौं । आन्दोलनरत पशु प्राविधिक र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बीच ६ बुँदे सहमति जनाएको छ ।
सहमतिसँगै प्राविधिकहरूले विभिन्न माग राखेर गरेको आन्दोलन स्थगित गरेका छन् । उनीहरूलाई तीन महिनाको तलब र दशैं भत्ता दिनको लागि प्रकिया अघि बढाउने प्रतिवद्धता सहित छ बुँदे सहमति गरिएको हो ।
दुई हजार ८१३ प्राविधिकहरूलाई तलबभत्ता विनियोजन गर्न एलएमबिआइएस मा प्रविष्ट गराइ स्थानीय तहमा पठाइ भुक्तानी गरिने जनाइएको छ । त्यस्तै बाँकी नौ महिनाको लागि आवश्यक पर्ने ७० करोड रकम व्यवस्थापन गर्ने पनि जनाइएको छ ।





