सल्यान । सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शारदा नगरपालिकाको कार्यालयनजिकै बा ३ क २३६५ न टिपर दुर्घटना हुँदा शारदा नगरपालिका ८ मार्केकी ४५ वर्षीया रामकली विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विक खलंगा सुर्खेत सडकमा मजदुरको रुपमा काम गर्दै आइरहेकी थिइन् । घाइते हुनेमा सन्तोषी सेवा निमार्णका कामदार ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेका छन् ।
घाइते तीनै जनाको सल्यान अस्पतालमा उपचार भइरहेको छ । मृत्तक विकले पानी पिउन भनेर झ्याल खोलेर पानीको खोज्ने क्रममा गाडीको ब्रेकमा हात जाँदा टिपर व्याक भई सडकबाट तल खसेको थियो ।





