४० हजार घुससहित प्रअ र कार्यालय सहयोगी पक्राउ


१४ आश्विन २०७६, मंगलवार १५:३१ मा प्रकाशित

कपिलवस्तु । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कपिलवस्तुमा एक प्रधानाध्यापक र कार्यालय सहयोगीलाई घुस रकमसहित रगेंहात पक्राउ गरेको छ ।

शिवराज नगरपालिका ६ विशुनपुरमा अवस्थित श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनियालाई आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । आयोगको टोलीले उनीहरुलाई ४० हजार रूपैयाँसहित मंगलबार नियन्त्रणमा लिएको हो । उनिहरुलाई चन्द्रौटा स्थित न्यू सिद्धार्थ होटलबाट नियन्त्रणमा लिइएको थियो ।

विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले सो रकम मागेको अख्तियार टोलीले जनाएको छ । उनिहरु माथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here